Sangeet Sarowar # 524

 सिन्धुपाल्चोक जिल्लाको माङ्खामा पहिरो गएपछि थुप्रैजनाले ज्यान गुमाए । ती आफन्तहरूको मृत्युमा सन्तप्त सरूलाई सम्झाउँदै सरोवरले यसपटक समय, नदी र मान्छेको अन्तिम गन्तव्यको कुरा चिठ्ठीमा लेखे-

Mankha

 ” प्रिय सरू,’संसारमा कुनै पनि कुराको स्थायित्व हुँदैन’ माङ्खा गाउँसँग अलग भएको त्यो पहाड भो । आज बाँचेका हामी पनि कुनै दिन उही बाटो भएर बग्ने छौं । आशा छ उनीहरूले यो कुरा छिट्टै महसुस गर्नेछन् ।”


ढिलो चाँडो भन्नु मात्रै सबको रै’छ एउटै बाटो

माया नै हो जिन्दगानी, नआवस है कहिल्यै फाटो

(रचनाः आनन्द अधिकारी स्वर/सङ्गीतः प्रदीपराज पाण्डे)


“सिर्जनशिल समाजको परिपाटी, नयाँ व्यवस्थाको शुरूवात यस्तै अफ्ठेरो, विरोधबाट शुरूहुन्छ ।” हरेक विचारमा तिम्रो कन्फिडेन्स देखेपछि म डराएर बस्ने सवाल थिएन । तै पनि गोपनियताको विषयमा मभित्र बाँकी द्विविधालाई समेत निखार्दै तिमीले थपेकी थियौ “सरोवर, तिमी प्रेममा गोपनियताको कुरा सोचेर अलमिलिएका होलाऊ । जब प्रेम निस्वार्थ हुन्छ भन्छौ भने फेरि पनि गोप्य राख्नुपर्छ भन्ने कुरो सबैभन्दा विरोधाभास कुरा हो ।”

girl at window in the rain

झरी पछि कालो आकाश निलो हुनु अघि

आऊ एउटा यात्रा थालौं, ढिलो हुनु अघि

(रचनाः प्रदीप चापागाईँ सङ्गीतः गैरे सुेश स्वरःरिमा गुरूङ)


“सरू,

गीतकार पद्मा लिङ्खा मगरका गीतहरू मेरै लागि हुन् जस्तो लाग्छ । राजेश थापा मगरको सङ्गीतमा दिपक लिम्बु र अञ्जु पन्तले गाउनु भएको गीत तिमीलाई सम्झेपिच्छे गुन्गुनाउँछु । र, पनि धित मर्दैन । सायद मर्दैन पनि यो धर्तीमा हाम्रो माया बाँचुन्जेल । तिमी पनि सबै पिडा र शोक भुलेर यो गीत गुन्गुनाउँनु है प्रिया ? हुन्छ, ल, भन न न लाटी !”

सगरभन्दागहिरो दिन्छु माया Couple in beachतिमीलाई

        जुनी भरी मेरो न्यानो साथ तिमीलाई


(रचनाः पद्मा लिङ्खा मगर, सङ्गीतः राजेश थापा मगर स्वरःदीपक लिम्बु  र अञ्जु पन्त)


Please Click here to listen or download Sangeet Sarowar # 524

Sangeet Sarowar Facebook

Leave a comment