Sangeet Sarowar # 425


…..विदेशिनु हामी नेपालीहरूको वाध्यता । हो त्यस्तै वाध्यता अनि समयको लहरीमा लहरिँदै विदेशिएको आफ्नो खसमको यादमा पिल्सिएको, एक्लिएको बिनाको मन अनि एक्ली महिला भएको परिस्थितिमा समाजमा केही व्यक्तिहरूले हेर्ने दृष्टिकोणबाट दुखी हुँदै लेखिएको बिनाको मन छुने पत्र अनि सरोवरको प्रेमाभिव्यक्तीको भावपूर्ण समागमको सृंखला ………..

………….. म लेख्दा लेख्दै बाहिर निस्कन्छु । बाक्लो झरीका सयौं थोपाहरू मेरो शीर अनि शरीर भएर सलसलल बग्न थाल्छन् । आकाशतिर फर्केर आँखा बन्दगर्छु र ती वर्षातका निर्मल थोपाहरू मुहारभरि थाप्छु । कस्तो अचम्म !! कस्तो बलियो कल्पना मेरो !! आँखा खोल्दा तिमी मेरै अगाडि निथ्रुक्क रूझीरहेकी हुन्छ्यौ । आकाशको चोखो पानी तिम्रो केश भएर बग्दा मभित्र मायाको सानो खोली बग्न थाल्छ । म हामीबीचको दूरी घटाउँदै अघि बढ्छु । तिमी सरोवरलाई स्पर्श गर्दै त्यो बेजोड झरीमा ऊभित्र तातो फिलिङ्गो भर्न थाल्छ्यौ । सरोवरका अज्ञानी ओँठहरू तिम्रो मुहारभरि डुल्ने आँट गरीरहेका हुन्छन् । तिमी सरोवरलाई आँखाको दहमा डुबाइरहेकी हुन्छ्यौ, निरन्तर निरन्तर …… ।

…………….. के नारी हुनु नै उनीहरूको दोष हो ? किन गिद्दे नजर लगाईन्छ ? किन वासनाको दृष्टीले हेरिन्छ ?किन यौन समागमको तुच्छ वस्तु ठानिन्छ ? किन ? समाजमा केही त्यस्ता असमाजिक घटना घटेका होलान् तर ती एकाध घटनालाई लक्षित गरेर सम्पूर्ण नारीमाथि तल्लो स्तरको व्यवहार गरिनु, घृणित सोचाई जन्माउनु कत्तिको सान्दर्भिक छन् ? के यो भन्दा पर रहेर एउटी नारीले आफ्नो जीवन व्यतित गर्न सक्दिन ? उसको पनि त एउटा जिन्दगी हुन्छ । सपना हुन्छ । लक्ष्य हुन्छ । ती सबै प्राप्तिका खातिर उसले समाजमा केही गर्नछ न कि सधैँ यौनको भोको प्यासी बनेर हिँड्नु छ । के योभन्दा पर रहेर जीवन चल्न सक्दैन र ? तिमी नै भन त सरोवर ।

यस्तै ओजपूर्ण अभिव्यक्ती अनि सुमधुर गीतहरूको समिश्रण …………….

* जति निर्मल जति चोखो यो आकाशको पानी – उदितनारायण र दीपा झा
* रूँदै होलिन् मेरी उनी त्यो हिमाली गाउँमा, नलेखेको धेरै भयो पत्र उनको नाउँमा – भीषण
* बादल पारीको देशबाट चिहाउँदै छ जून, सुस्तरी सुस्तरी मुटुमाझ हिर्काउँदै छ जून

Please Click here to Listen and Download Sangeet Sarowar 425

Please leave your comment and suggestions after hearing it too. :)

Image source proverbs31maiden.blogspot.com

About these ads

4 Responses to Sangeet Sarowar # 425

  1. dherai ramro laagyo tapaaiko e patra

  2. bina says:

    पत्र भन्दा पनि वाचन शैली विशेष लाग्यो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.

Join 58 other followers

%d bloggers like this: